ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. २ पथलैयाले अत्याधुनिक लिडार स्पिड गन परिक्षण

रातोघर

 २३ आश्विन २०७७, शुक्रबार १२:५३  मा प्रकाशित
२१० पाठक संख्या


बारा|
ट्राफिक प्रहरीले फोटो सहित सवारीको गति मापन गर्ने अत्याधुनिक लिडार स्पिड गन प्रयोगमा ल्याएको छ । दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने हेतुने प्रयोगमा ल्याईएको लिडार स्पिड गनको विहिबार प्रदेश नं. २ ट्राफिकप्रहरी कार्यालय पथलैयाले परिक्षण गरेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. २ पथलैयाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका १ दुधौरा पुल नजिकै परिक्षण गरेको हो ।

यस अघि गति मापन गर्न प्रयोग हुँदै आएको राडर गन भन्दा धेरै विशेषता लिडारमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. २ पथलैयाका डिएसपी राम बहादुर ढकालले जानकारी दिए । १२ सय मिटर परबाट सवारीको निगरानी गर्दै ६० मिटर परैबाट गति समाउने क्षमता यो मेशिनमा छ । गतिसँगै सवारीको नम्बरलाई केन्द्रमा राखेर मेशिनले स्वचालित रुपमा फोटो खिच्ने र आवश्यकता अनुसार विवरण प्रिन्ट गर्न समेत सकिने विशेषता छ, ढकालले भने । राडरको तुलनामा सवारी गति मापन र दुर्घटना न्युनिकरणमा मेशिन थप प्रभावकारी हुनेमा आशावादी छौं, उनले भने ।

तोकिएको भन्दा बढी गतिमा सवारी चलाएको पाईए ५ सय देखी १ हजार ५ सय सम्म जरिवान गर्ने ब्यवस्था रहेको छ ।

simapost.com

Write your Comment