सिमराको भेट्रान क्लवले आयोजना गर्यो ‘खसी कप फुटवल प्रतियोगीता’

रातोघर

 १ कार्तिक २०७७, शनिबार १३:५९  मा प्रकाशित
१४६० पाठक संख्या



सिमरा ।
बाराको सिमरामा रहेको पुरानो फुटबल क्लव भेट्रानले अघिल्लो बर्षहरुमा जस्तै यस बर्षपनी घटस्थापनाको दिन ‘खसी कप फुटवल प्रतियोगीता’ आयोजना गरेको छ ।

स्थानिय चार टोली प्रतियोगितीमा सहभागी भएका थिए । खेलाडीहरुको उच्च मनोवल राख्ने उद्येश्य र सिमरामा फुटबल खेलको प्रवर्धनात्मक अभियान स्वरुप भेट्रानले बर्षेनी यो प्रतियोगीता आयोजना गर्ने गरेको छ ।

प्रतियोगीताको उद्घाटन गर्दै जीतपुरपुरसिमरा उपमहानगरपालीकाका काँग्रेस नगर सभापती तथा युवा नेता श्याम बाबु गुप्ताले खेल क्षेत्रले युवा पुस्तामा अनुसासन र स्वस्थताको बिकास गराउने भन्दै स्थानिय आयोजक टिम भेट्रानलाई धन्यावाद दिए ।

उनले दशमी नजिकिदै गर्दा चाडपर्वमा खेल क्षेत्रको माध्यमबाट युवा पुस्तामा सकारात्मक सन्देश फैलिने भन्दै खेल क्षेत्रको विकासमा भेट्रानले अतुलनिय योगदान दिइरहेको बताए ।

स्थानिय चार टिम सहभागी भएको खेलमा प्रतिस्पर्धाका लागी जीत्नेलाई खसी भनिएपनी हात जित दुवै बेहोर्नेले मिलिजुली बनभोज कार्यक्रमको आयोजना गर्ने प्रथा रहेको भेट्रानका अध्यक्ष कपुर राउत(बिजय)ले जानकारी दिए ।

प्रतियोगीताको म्यान अफ द म्याच बिजयी टिमका उमेश चौलागाई घोषित भएभने सबैभन्दा बढी गोलकर्ता समेत उनै हुन् । उनी सहित बिजयी टिमलाई ट्रफी र सिल्ड सहित सम्मान गरिएको छ ।

Write your Comment