प्रदेश दुईको समृद्धि उद्योगको बिकासमा निर्भर रहेको छ : मन्त्री राय

रातोघर

 २ कार्तिक २०७७, आईतवार १०:२१  मा प्रकाशित
४८८ पाठक संख्या



बारा|

प्रदेश नम्बर दुईका उद्योग पर्यटन, बन तथा बातारबण मन्त्री रामनरेश रायले प्रदेशको समृद्धि उद्योगको बिकासमा निर्भर रहेको बताएका छन् ।

बाराको जितपुरमा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले आयोजना गरेको सुपथमुल्यको पसलको शनिवार उद्घाटन गर्दै मन्त्री रायले प्रदेश सरकार उद्योग तथा पर्यटनको बिकासमा लागि परेको बताएका हुन ।

सो अवसरमा मन्त्री रायले आईतबार वस्ने प्रदेश संसदले उद्योग ऐन प्रदेश सभाबाट पारित हुन गईरहेको जानकारी समेत दिएका छन । उद्योग ऐन बनाउँने क्रममा आफुले बारम्बार उद्योगी ब्यवसायीसँग बैठक बसी सल्लाह, सुझाव लिएको जानकारी दिएका छन । ब्यवसायीहरुको सल्लाह बमोजिम नै उद्योग ऐन आउन लागेको बताए ।

कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहले ५० प्रतिशत भन्दा बढी उद्योग कलकारखानाहरु यस नगरमा भएको जानकारी दिएका थिए । उहाँले साना तथा घरेलु उद्योगको शाखा कार्यालय जीतपुरमा खोल्न आग्रह सहितको ज्ञापनपत्र समेत उद्योग मन्त्री रायलाई बुझाएका थिए ।

मन्त्री रायले चाडपर्बहरु सके लगतै जीतपुरमा घरेलुको शाखा कार्यालय खोल्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा बिटु पानी उद्योगका सञ्चालक दिपक गुप्ताले नगर उद्योग बाणिज्य संघको भवन निर्माण गर्न १ लाख ६१ ह्जारको चेक नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहलाई हस्तान्तरण गरेका थिए ।

घरेलु तथा साना उद्योग कार्यालय बाराको सहकार्यमा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले दशैँलाई लक्षित गरी सुपथ मुल्यको पसल सञ्चालनमा ल्याएको हो । सुपथ मुल्यको पसल क्षेत्रभित्र स्थानिय उत्पादन ,कपडा र दैनिक उपभोग्य सामग्रीहरुको २० वटा सटलहरु राखिएको छ । कार्तिक १ गतेबाट सुरु भएको सुपथ मुल्यको पसल कार्तिक ५ गतेसम्म चल्ने नगर उद्योग बाणिज्य संघले जनाएको छ ।

कार्यक्रममा पुर्वसंबिधान सभा सदस्य शोभाकार पराजुली, जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख डा.कृष्ण पौडेल, गढीमाई साझेदारी बनका अध्यक्ष गणेशजी प्रसाद साह, साना तथा घरेलु उद्योग कार्यालय बाराका अधिकृत अरबिन्द यादब, नगर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष घनश्याम गिरी ,महासचिव शिवजी साह सोनार, रेडियो आकाशबाणीका अध्यक्ष राजुराज गिरी, समाजसेवी देवनारायण चौधरी, अफताब आलम लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष मनोज गुप्ताको स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछानेले गरेका थिए ।

Write your Comment