रामनारायण मिश्र फुटबल प्रतियोगिता : बारा फाईनलमा प्रवेश, आज रौतहट र सर्लाही भिड्ने

रातोघर

 २०८० अषाढ १४, बिहिबार  मा प्रकाशित
५४५ पाठक संख्या


सिमरा ।

बारा जिल्ला फुटबल संघ बाराको सिमरामा जारी दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा सिरहालाई पराजित गर्दै बारा जिल्ला फुटबल संघ प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

बाराले सिराहालाई ६–३  गोल अन्तरले पराजित गरेको थियो । बाराको जितमा सागर चौधरी र निरज थापा मगरले दुई\दुई गोल गरे भने सुशान्त चौधरी र उदित चौधरीले एक\एक गोल गरेका थिए ।

उता, सिरहाका लागि बिनु मगर, अमन हमाल र सुजन मगरले एक एक गोल गरेका थिए । खेलको पहिलो हाफमा २–० ले अग्रता लिएको बाराले दोश्रो हाफमा चार गोल गरेको थियो । खेलको म्यान अफ दि म्याच बारा जिल्ला पुटबल संघका सागर चौधरी घोषित भए ।

उनलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य अमन लामाले नगद २५०० सहित म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए ।

यसअघि प्रतियोगिता अन्र्तगत बुधबार भएको पहिलो खेलमा महोत्तरीलाई ५–२ गोल अन्तरले पराजित गर्दै सर्लाही सेमिफाइनलमा प्रवेश गरेको छ । सर्लाहीको जितमा अनिल मगरले व्यक्तिगत तीन गोल गर्दै ह्याट्रीक गरेका थिए ।

सर्लाहीका लागि दुई गोल भने सागर स्याङ्तान र सविन स्याङ्तानले गरेका थिए । यता महोत्तरीका लागि निशान्त आले र कृष्ण राणाले एक÷एक गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आज विहिवार रौतहट र सर्लाहीबीच दोस्रो सेमिफाइनल खेल हुदैछ । रौतहट र सर्लाहीबीचको विजेताले बारा जिल्ला फुटबल संघसंग उपाधीका लागि असार १६ गते फाईनल खेल खेल्नेछ ।

मधेश प्रदेश फुटबल संघको आयोजना तथा बारा जिल्ला फुटबल संघको सह आयोजनामा असार ११ गतेदेखि शुरु भएको प्रतियोगिताको मुख्य सहयोगीमा शिक्षा तथा समाजकल्याण मन्त्रालय मधेश प्रदेश रहेको छ ।

प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने टिमले २० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा पर्सा जिल्ला फुटबल संघ, बारा जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, सिराहा जिल्ला फुटबल संघ, महोत्तरी जिल्ला फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ, सर्लाही जिल्ला फुटबल संघ र सप्तरी जिल्ला फुटबल संघको सहभागिता रहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban