वीरगञ्ज महानगरपालिका १५ को अतिक्रमित संरचना भत्काइयो

रातोघर

 २०८० अषाढ १८, सोमबार  मा प्रकाशित
३०४ पाठक संख्या


वीरगञ्ज । सडक अतिक्रमण गरि बनाईएका भौतिक संरचना हटाउने क्रममा आईतबार वीरगञ्ज महानगरपालिका वडा नम्वर १५ मा अतिक्रमित संरचना हटाईएको छ।

प्रतिमा चोक भित्रतर्फको ट्रान्सफर्मर चोकदेखि ध्रुब यादवको घरसम्म निर्माणाधिन सडकको दायाँबायाँ अतिक्रमण गरि बनाईएका घर टहरा महानगरको टोलीले आइतबार डोजर लगाएर हटाएको हो ।

सडकको दायाँ बायाँ परेका ७ वटा पक्की भवन तथा टहरा हटाएको महानगरका प्रहरी प्रमुख हरि भुषालले जानकारी दिनुभयो । सडक निर्माण भइरहेको र सडकमा परेका संरचना हटाउन पटक पटक अनुरोध गर्दा पनि अटेर गरेपछि महानगरको टोली पुगेर संरचना हटाएको हो ।

स्थानीयलाई संरचना हटाएर सडक निर्माण सहयोग गर्न पटक पटक अनुरोध गर्दा पनि अटेर गरेपछि महानगरको टोली बोलाएर अतिक्रमित संरचना हटाइएको वडा नम्वर १५ का वडा अध्यक्ष रमेश यादवले बताउनुभयो । महानगरले अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी तथा अतिक्रमित जग्गा मुक्त गराउने अभियान नै चलाइरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban