पर्सामा रोकिएन संस्थागत तस्करी , बिस लाखको अवैध लताकपडा बरामद

रातोघर

 २०८० अषाढ २२, शुक्रबार  मा प्रकाशित
३८८ पाठक संख्या


वीरगन्ज,२१ असार /

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको सादा पोशाकको टोलीले वीरगन्ज भन्सार कार्यालयको पछाडीबाट अवैध रुपमा भित्रिएको लताकपडा बरामद गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा बुधबार बिहान २ बजे अवैध २० लाख बराबरको लताकपडा बरामद गरेको हो ।

प्रहरीका अनुसार अवैध रुपमा भन्सार छलि भित्रिएको लताकपडा १८ पोकामा तयार पारेर ट्रान्सपोर्टमा पठाउने तयारी गरीएको थियो । पछिल्लो समय पर्साका विभिन्न क्षेत्रबाट अवैध रुपमा तस्करी भईरहेको सुचनाको आधारमा मधेश प्रदेश प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरेको प्रहरी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रुपमा जिल्लाको सिमावर्ती क्षेत्रबाट विभिन्न समाग्रीको लाईन दिएको छ । अवैध रुपमा भन्सार छलेर भित्रिएको लता कपडा जिल्ला प्रहरी कार्यालय पर्साले रोक्न नसकेपछि प्रदेश प्रहरी तादरुकता देखाएको प्रदेश प्रहरी कार्यालय जनकपुरका एक जना अधिकृतले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय पर्साको विभिन्न नाका क्षेत्रबाट अवैध रुपमा भन्सार छलिको समाग्री प्रवेश गर्दै आएको उजुरी दर्ता हुदै आएको छ । यता पर्साका प्रहरी उपरिक्षक कोमल साहले अवैध रुपमा भन्सार छलेर वीरगन्ज प्रवेश गर्न लागेको लताकपडा बरामद गरेको बताए ।

पर्सा प्रहरीले पछिल्लो समयमा जिल्लामा अवैध गतिविधि रोकिएको दावि गरेपनि तस्करी नरोकिएको अवस्था छ । अहिले जिल्लाको विभिन्न सिमानाका क्षेत्रबाट भन्सार छलेर अवैध रुपमा समाग्री भित्रिदै आएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban