नेपाल शिक्षक महासंघ पर्साको अध्यक्षमा पुन तिर्थराज यादव चयन

रातोघर

 २०८० अषाढ २४, आईतबार  मा प्रकाशित
३५९ पाठक संख्या


वीरगञ्ज ।

नेपाल शिक्षक महासंघ पर्साको अध्यक्षमा पुन तिर्थराज यादव चयन भएका छन् । वीरगञ्जमा शनिबार सम्पन्न महासंघको दोश्रो अधिवेशनबाट अध्यक्षमा यादव पुन चयन भएका हुन् ।महासंघको सहअध्यक्षमा हरेन्द्र प्रसाद कुर्मी, महिला उपाध्यक्षमा मञ्जु मिश्र, उपाध्यक्षमा रमेश प्रसाद चौधरी चयन भएका छन् ।

यस्तै सचिवमा विनोद गिरि, सहसचिवमा राकेश मिश्र,रचना सिंह र रामबालक यादव तथा संस्थागत सहसचिवमा अशोक कुमार केवट,पिताचन्द्र ढुंगेल, रमेश कुशवाहा, रामेश्वर साह, राखी शर्मा, चन्द्रमोहन चौरसिया र योगेश्वर मिश्र चयन भएको निर्वाचन समितिका संयोजक रामकुमार अधिकारीले जानकारी दिए ।

महासंघका निर्वतमान अध्यक्ष तिर्थराज यादवको अध्यक्षता तथा महासंघका केन्द्रिय सदस्य रामकुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, नेकपा एमाले पर्साका संयोजक डाक्टर विश्वम्भर शर्मा, जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव लगायतको पनि उपस्थिति थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban