ठोरीमा स्थानीयकै लगानी र जनश्रमदानबाट १५० फिट नहर निर्माण

रातोघर

 २०८० अषाढ २८, बिहिबार  मा प्रकाशित
३३८ पाठक संख्या


वीरगञ्ज ।

पर्साको ठोरी गाउँपालिकामा जनश्रमदान र आफ्नै लगानीमा स्थानीयले १ सय ५० फिट पक्की नहर निर्माण गरेका छन् । चालु आर्थिक वर्ष २०७९/८० मा ठोरी १ फायरलाइन कुलोको  लागि बिनियोजन गरिएको ३ लाख रकम पनि काटिदिँदा आफै लगानी गरेर जनश्रमदानबाट नहर निर्माण गरेको स्थानीय सुरज लामाले बताए ।

वडा कार्यालयदेखि गाउँपालिकाको कार्यालयले आफ्नो ठाउँको समस्यालाई बेवास्ता गरेर बिनियोजन गरेको रकम पनि काटिदिएको स्थानीयको आरोप छ । वडा नम्बर १ का वडाअध्यक्ष धनमान थापा मगरले भने आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा वडाबाटै २ लाख ५० रुपैयाँ बिनियोजन गरिएको बताए । स्थानीयको आरोपको खण्डन गर्दै आफुले आफ्नो वडाका समस्यालाई बेवास्ता गरेको वडाअध्यक्ष मगरको भनाई छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban