जनकपुरधाम ।
मधेस प्रदेश सरकारको बजेट सर्वसहमतिले पारित भएको छ । बिहीबार प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।बजेटमाथिको छलफल सकेपछि सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्यमन्त्रीले जवाफ दिएका थिए । त्यसपछि खर्च कटौतीको प्रस्ताव दर्ता गराएका सांसदहरूले प्रस्ताव फिर्ता लिएपछि सभामुख रामचन्द्र मण्डलले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
सांसदहरूले सहमति जनाएपछि मधेस प्रदेश सरकारको आर्थिक वर्ष ०८०-०८१ को आय र व्ययको वार्षिक अनुमान सर्वसहमतिले पारित भएको सभामुख मण्डलले घोषणा गरे ।
अर्थमन्त्री सञ्जय कुमार यादवले असार १ गते आगामी आर्थिक वर्षको लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार विनियोजन गरेको बजेट प्रस्तुत गरेका थिए ।३४ जना सांसदले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिएका थिए ।प्रदेश सभाको बैठक आज पनि बस्ने प्रदेशसभाका सचिव रञ्जित यादवले बताए ।बजेटमाथिको छलफलमा प्रमुख प्रतिपक्ष नेकपा एमाले चर्को विरोध गरे पनि बजेट पारितमा सहमति जनाएको छ ।
Write your Comment