

वीरगन्ज ।
हेटौडा उपमहानगर पालिका वडा नम्बर १५ स्थित रातोमाटे चेकपोष्ट अगाडी अबैध सुनसहित एक जना वीरगन्जका ब्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बिशेष सुचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले काठमाण्डौबाट वीरगन्जतर्फ आउदै गरेको ना १ ज ७४९० नम्बरको यात्रुवाहक सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार जिल्ला पर्सा वीरगन्ज महानगर पालिका वडा नम्बर १ बस्ने वर्ष ३५ को प्रभु साह सोनारलाई शंका लागी निजको शरीर तथा झोला चेकजाँच गर्ने क्रममा निजको साथबाट अवैध भन्सार छली चोरी पैठारी निकासी गरी ल्याएको सुन ४८९ ग्राम ३७ मिली ग्राम फेला परेको हुँदा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुनचाँदी व्यवसायी सँघ मकवानपुरको अनुसार पक्राउ गरेको उक्त सुनको आजको बजार मुल्य रुपैया ४७ लाख ३६ हजार ७ सय ५९ रहेको तथा निज प्रभु साह सोनारलाई सो अबैध सुन सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ





Write your Comment