वीरगञ्ज मुर्लीका ३१५ जना तिर्थ यात्राका लागि देवघाट प्रस्थान

रातोघर

 २०८० अषाढ ३१, आईतबार  मा प्रकाशित
३५३ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका ३ सय १५ जना स्थानीय तीर्थ यात्राको लागी देवघाट प्रस्थान गरेका छन् । वीरगञ्जको पशुपतिनाथ मन्दिर र मुर्ली स्थित हरिहरनाथ मन्दिरको पहिचान र महिमा बढाउन देवघाटबाट जल ल्याएर अपर्ण गर्ने उदेश्यले स्थानियहरु त्यस्तर्फ प्रस्थान गरेका हुन् । वडाअध्यक्ष सुरेश प्रसाद गुप्ताले आफ्नो निजी खर्चमा स्थानीयहरुलाई देवघाट दर्शनका लागी जाने व्यवस्था मिलाएका हुन् ।

देवघाट जाने ईच्छा हुँदाहुँदै पनि आर्थिक अभावले कतिपय जान नपाएका स्थानीयलाई आफुले धार्मिक स्थल देवघाट जाने आवश्यक सबै व्यवस्था मिलाएर पठाएको वडाअध्यक्ष गुप्ताले बताए ।उनकाअनुसार तिर्थ यात्राका लागी ८ वटा बसको व्यवस्था मिलाइएको छ ।

देवघाट पुगेर त्यहाँबाट जल लिएर वीरगञ्ज फर्किने तालिका रहेको गुप्ताले जानकारी दिए ।देवघाटबाट जलबोकी काँवरिया लिएर आउने तिर्थालुहरुलाई आज वीरगञ्जमै बासको व्यवस्था मिलाइएको र भोली साउने सोमबारको दिन पहिले वीरगञ्जको चिनिमिल आवासक्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा जल अर्पण गर्ने र त्यसपछि वीरगञ्जको मूर्ली स्थित हरिहरनाथ मन्दिरमा जल अर्पण गर्ने कार्यक्रम रहेको समाजिक युवा एकता क्लब मूर्लीका अध्यक्ष बिकास मण्डलले बताए ।

अहिले साउन महिनाको पावन अवसरमा हरेक सोमबार वीरगञ्जको पशुपतिनाथ मन्दिरमा दर्शनका लागी शिवभक्तहरुको ठुलो भिड लाग्ने गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban