वीरगञ्जमा पाठेघर सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ७४ जना लाभान्वित

रातोघर

 २०८० श्रावण १४, आईतबार  मा प्रकाशित
३४८ पाठक संख्या


वीरगञ्ज ।

नेवा देय्  दबू वीरगञ्ज महानगर समितिको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ को कार्यालयमा सम्पन्ने पाठेघर सम्बन्धी निशुल्क स्वास्थ्य शिविरबाट ७४ जना लाभान्वित भएका छन् ।

नारायणी अस्पतालको सहयोगमा सञ्चालीत शिविरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै समाजसेवी अन्नपुर्ण मानन्धरले महिलाहरु स्वस्थ भए मात्रै परिवार  र समाजको स्वास्थ्य सुधार हुने धारणा राखिन् । पाठेघरको मुखको क्यान्सर अहिले बिकराल रुप लिइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले सबैलाई सचेत गराउन र स्वस्थ राख्न यस्ता शिविर उपलब्धीमुलक हुने विश्वास व्यक्त गरिन् ।

महिलाहरुमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने लगायतका समस्या चेकजाँचका क्रममा भेटिएको नारायणी अस्पतालकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. दिप्ती यादवले जानकारी दिइन् । उनका अनुसार पाठेघरको मुखको क्यान्सर स्क्रिनिंग (भिआइए)  परीक्षण गराएका मध्ये १२ जनामा पाठेघर सम्बन्धी समस्या देखिएकाले थप उपचारका लागि नारायणी अस्पताल आउन सल्लाह दिइएको छ । डा. दिप्ती यादवसँगै स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रिती यादव, डा. मिता महर्जन लगायतले संयुक्तरुपमा महिलाहरुको चेकजाँच गरेका थिए ।

पछिल्लो समय बदलिदो दैनिकी र जीवनशैलीका कारण शहरी क्षेत्रमा पनि पाठेघरको क्यान्सर सम्बन्धी समस्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको नेवा देय दबू वीरगञ्ज महानगर समितिका अध्यक्ष सत्यम खड्गीले जानकारी दिए ।

शिविरकै अवसरमा नारायणी अस्पतालकी प्रसुती गृहकी नर्सिङ्ग इन्चार्ज हेमा थापाले पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको बिषयमा प्रशिक्षण दिएकी थिइन् । यसबाट जोगिन बेलाबेलामा पाठेघरको समस्या चेकजाच गर्न पनि उनले आग्रह गरेकी छन् ।

शिविरमा नारायणी अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा. चितरजन शाह, वडा नम्बर ४ का वडाअध्यक्ष जगत साह कानु, बरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. सुरेन्द्र चौधरी लगायतको उपस्तिथी रहेको थियो । निशुल्क परामर्श, उपचारसँगै निशुल्क रुपमा आवश्यक्ताको आधारमा औषधीसमेत वितरण गरिएको समितिका अध्यक्ष खड्गीले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban