सिरहामा एक युवकको शव फेला

रातोघर

 २०८० श्रावण १६, मंगलबार  मा प्रकाशित
२६९ पाठक संख्या


जनकपुरधाम ।

सिरहामा एक युवकको शव फेला परेको छ ।सिरहाको गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा अन्दाजी ३०–३५ वर्षको युवकको शव फेला परेको हो । उनको सनाखत भएको छैन ।

युवकको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलको प्रकृति हेर्दा शंकास्पद देखिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी राजनराज पाण्डेले जानकारी दिए ।आज बिहान ७ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । डिएसपी पाण्डेले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban