खानेपानी मन्त्री कलवारको निर्देशनमा वीरगञ्जमा पानी वितरण सुरु

रातोघर

 २०८० श्रावण १६, मंगलबार  मा प्रकाशित
३९६ पाठक संख्या


वीरगञ्ज ।  

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराले वीरगञ्जमा पानी वितरण गर्न थालेको छ । मधेश प्रदेश सरकारको ऊर्जा सिचाई तथा खानेपानी मन्त्री सिंगासन सा कलवारको निर्देशनमा कार्यालयले वीरगञ्जका विभिन्न ८ स्थानमा ट्याङ्करमार्फत पानी वितरण गर्न थालेको हो ।यस्तै वीरगञ्जका विभिन्न १२ स्थानमा २ हजार लिटरको ट्याङ्कीमार्फत पानी वितरण भइरहेको कार्यालय प्रमुख किशोरी प्रसाद यादवले बताए ।

अहिले वीरगञ्जको राधेमाई, श्रीपुर, रानीघाट, पानीट्याङ्की, लक्षमणुवा, डिभाईन क्लोनी, विर्ता बजार, गणेशमान चौक, नापी शाखा छपकैया लगायतका स्थानमा ट्याङ्कीबाट पानी वितरण भइरहेको छ । अझै आवश्यक्ताको आधारमा थप स्थानमा ट्याङ्कीबाट पानी वितरण गर्ने तयारी भइरहेको मन्त्री कलवारका स्वकिय सचिव सचिन कुमार सिंहले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban