स्रोत नखुलेको रकम सहित वीरगञ्जबाट एक जना पक्राउ

रातोघर

 २०८० श्रावण १७, बुधबार  मा प्रकाशित
४०६ पाठक संख्या


वीरगञ्ज ।

सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित एक जना पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर निवासी ५८ वर्षीय बिष्णु कुमार साहलाई स्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तवित सीमा सुरक्षा गुल्म वीरगञ्ज पर्साका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रेम सिंह बिष्टको नेतृत्वमा खटिएको ७ जनाको गाडी मोवाइल टोलीले २ लाख ५० हजार रुपैयाँसहित साहलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४९ प ३०३७ नम्बरको कालो रङ्गको सुपर स्पेलेण्डर मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा साहको खल्तीबाट उक्त रकम फेला परेको निमित्त प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिष्टले जानकारी दिनुभयो ।

बिष्टका अनुसार बरामद रकम र मोटरसाइकल सहित पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban