जीतपुरसिमराको एकता बोर्डिङ स्कुलमा आँखा जाँच शिविर

रातोघर

 २०८० श्रावण १९, शुक्रबार  मा प्रकाशित
५४२ पाठक संख्या


सिमरा । 

पछिल्ला दिनमा आँखा पाक्ने समस्या तिव्र रुपमा फैलँदै गईरहेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै संक्रमण सर्छ । परिवारको एउटा सदस्यमा समस्या देखिएपछि पुरै परिवारको आँखा पाक्छ । विद्यालयको एउटा शिक्षक वा विद्यार्थीको आँखा पाक्दा अन्यलाई पनि सरिहाल्छ ।

यसैगरि सिमराको एकता इंगलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी र अभिभावक पनि समस्यामा थिए । सबैलाई आँखा अस्पताल लैजान त्यति सहज थिएन । समस्याबाट मुक्ति पाउने जुक्ति वीरगञ्ज सामुदायिक आँखा अस्पतालले दिएको छ । बिहीबार अस्पतालको एउटा टोली स्कुलमै पुगेर निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ ।

शिविरमा स्कुलमा अध्ययनरत सबै विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीको समेत आँखा जाँच गरिएको छ । मेडिकल संयोजक महेश सिंह धामीको नेतृत्वमा गएको टोलीले आँखा जाँच गर्नुको साथै औषधि समेत वितरण गरेको अस्पतालका प्रेम घिमिरेले जानकारी दिए ।

आँखा जाँच गराएका १ सय जना भन्दा बढीमा आँखा पाक्ने समस्या देखिएको धामीले बताए । उनीहरुलाई आँखामा हाल्ने औषधि दिनुको साथै वरफले आँखा सेक्न आग्रह गरिएको थियो । अभियान डिजिटल वल्र्ड प्रा.लि.को सहयोगमा स्कुलसँगको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा आँखा जाँच गराउन आएका कतिपय अभिभावकको आँखाको भिजन कमजोर देखिएको र केहिमा मोतिबिन्दुको समस्या समेत देखिएको थियो ।

सिमराको एकता बोर्डिङ स्कुलमा आँखा जाँच शिविर
सिमराको एकता बोर्डिङ स्कुलमा आँखा जाँच शिविर
सिमराको एकता बोर्डिङ स्कुलमा आँखा जाँच शिविर

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban