नारायणी अस्पतालमा डेंगु पोजेटिभको केस छैन : डा. सिंह

रातोघर

 २०८० श्रावण १९, शुक्रबार  मा प्रकाशित
३५४ पाठक संख्या


वीरगञ्ज ।

मधेश प्रदेशमा पनि डेंगु संक्रमणका बिरामी फेला पर्न थालेका छन् । यस प्रदेशका २२ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो । मधेश प्रदेश स्वास्थ्य निर्देशनालय सपही, धनुषाका प्रमुख डा. राजिव कुमार झाले साउन महिनामै डेंगुका २२ रोगी फेला परेको जानकारी दिनुभयो ।

उहाँका अनुसार साउन महिना अघि यो प्रदेशमा डेंगुको संक्रमण पुष्टि भएको थिएन् । उहाँले पर्सा र सिरहामा डेंगुका बढी बिरामी भेटिएका छन् । अन्य जिल्लामा १÷२ जनामा मात्र संक्रमण देखिएको छ । सबै बिरामीको अवस्था सामान्य रहेको र उनीहरु घरमै स्वास्थ्यकर्मीको निगरानीमा उपचाररत रहेको बताउनुभयो ।

कोशी प्रदेशमा डेंगु सक्रमणका बिरामी ज्यादै भएकाले मधेस प्रदेशमा सोही प्रदेशबाट सक्रमंढा भित्रिएको हुन सक्ने उहाँको भनाइ छ । डेंगु संक्रमित बिरामी भेटिएको क्षेत्रमा लार्भा नष्ट पार्ने अभियान सुरु भइसकेको डा. झाले दाबी गर्नुभएको छ ।

यता वीरगञ्जको नारायणी अस्पतालका फिजिसियन डा. उदय नारायण सिंहले पर्सामा डेंगुको सक्रंमण फेला परेको बताउनुभएको छ । तर नारायणी अस्पतालमा कुनै पनि बिरामी डेगुं पोजेटिभ भने पुष्टि नभएको जानकारी दिनुभयो । डेंगु फैलाउने एडिस जातिका लामखुट्टे गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा जमेको सफा पानीमा लार्भा छोड्ने भएकाले ति ठाउँहरुबाट लार्भा नष्ट गरिए मात्र डेंगुको संक्रमण रोक्न सकिने चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्य निर्देशनालय प्रमुख डा.झाले सार्वजनिक ठाउँमा जमेको पानीमा औषधि छर्किने काम भइरहेको बताउनुभयो । अहिले मानिसहरुमा ज्वरो आउने, शरिर दुख्ने जस्ता समस्या देखिएकाले यसले डेंगु सक्रंमण बढ्न सक्ने भन्दै स्वास्थ्यको ख्याल राख्न चिकित्सकको आग्रह छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban