नेपाल सितोरियो कराँते जीततपुरसिमराको अध्यक्षमा मनोज कुमार साह

रातोघर

 २०८० श्रावण २१, आईतबार  मा प्रकाशित
३५८ पाठक संख्या


सिमरा ।

नेपाल सितोरियो कराँतेको जीततपुरसिमरा नगर कमिटि गठन भएको छ । मनोज कुमार साहको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटि गठन भएको हो । बाराको जीतपुरमा बारा जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक सुनलिकुमार साहको अध्यक्षतामा बसेको बैठकले जीतपुरसिमरा उपमहानगरपालिकास्तरीय नगर कमिटि गठन गरेको हो ।

बैठकले नगरको उपाध्यक्षमा सुकराम लामा सचिवमा रवीन्द्र सहनी कोषाध्यक्षमा निमिसा राई सदस्यमा किसन, साह, अनिसा गोले, राजकुमार साह, सक्षम पटेल, मिथलेस साह, धर्मेन्द्र मुखिया, ऋद्धि सिंह राजपुत, राजाबाबु साह र सुवास कुमार रौनियार सर्वसम्मत चयन भएका हुन् ।
नगर कमिटि गठनसँगै बैठकले नेपाल सितोरियो कराँते बारा जिल्ला कमिटि गठनका लागि प्रतिनिधि सदस्यहरू पठाउने निर्णय गरेको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुनिलकुमार साहको अध्यक्षता र मध्य क्षेत्रीय खेलकुद विकास उपनिर्देशक सुरेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा नेपाल सितोरियो कराँते मधेस प्रदेशका सदस्य श्रीराम साह, नेपाल सितोरियो कराँते संघ बाराका अध्यक्ष सानोबाबू कुर्मी, हिमाल चन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban