

वीरगञ्ज ।
पर्सा जिल्लामा लिभिङ टुगेदरमा बसेका किशोर किशोरीहरुबिच सम्बन्ध बिग्रिएपछि किशोरीले किशोर (केटा)का विरुद्ध बलात्कारको मुद्दा दर्ता गराउनेको सख्या बढन थालेको छ । मन मिले सम्म सम्वन्ध र विग्रीएपछि बलत्कार हुने कानूनी व्यवस्थामा टेकेर बलत्कार सम्वन्धि उजुरी आउने गरेको पर्सा प्रहरीको भनाई छ ।
गाँउघरमा विवाहको उमेर नपुगी किशोर किशोरी भागेर विवाह गर्ने र सो पश्चात किशोरीका अभिभावकले प्रहरीमा जर्वजस्ती करणीको मुद्धा दर्ता गराउने गरेकोे पर्साका प्रहरी उपरिक्षक कोमल शाहले बताए । पर्सामा दर्ता भएका अधिकांश बलत्कारका घटनामा किशोरीले उमेर नपुगेका केटाहरुको विरुद्ध उजुरी दिने गरेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यलय पर्सामा दर्ता हुने गम्भिर प्रकृतिका आपराधिक घटनाका उजुरीको सङख्यामा वृद्धि भएको छ । कार्यलयमा अघिल्लो आर्थिक वर्ष ०७८/७९ को तुलनामा गत आर्थिक वर्ष ०७९/८० मा बलात्कार, हत्या लगायत गम्भिर प्रकृतिका अपराधका घटना दर्ताका लागि आउने क्रम बढेको हो ।
जिल्ला प्रहरी कार्यलय पर्साले गत आर्थिक वर्ष ०७९/०८० को वाािर्षक प्रगति विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।
पर्सामा अघिल्लो आर्थिक वर्षमा जबरजस्ती करणी, कर्तव्य ज्यान, जबरजस्ती करणी उद्योग, बाल यौन दुव्र्यवहार तथा मानव बेचबिखनको ७४ वटा मुद्दा दर्ता भएको थियो । तर गत आवमा भने यो सङख्या बढेर ७८ पुगेको विवरणमा उल्लेख छ ।
पर्साका प्रहरी उपरीक्षक एसपी कोमल बिक्रम शाहले गत आर्थिक वर्षमा सबैभन्दा बढि जबरजस्ती करणीको उजुरी उजुरी कार्यलयमा दर्ता भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त समयमा कार्यलयमा ४९ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ३७ वटा मुद्दाको फच्र्छौट गरिएको र बाँकी १२ वटा मुद्दामा अनुसन्धान गर्न बाँकी छन् । अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा कार्यलयमा जबरजस्ती करणीका ३८ उजुरी दर्ता भएका थिए । जसमा ३४ वटा मुद्दा फच्र्छौट गरिएको छ ।
यस्तै कार्यलयमा गत आर्थिक वर्षमा जबरजस्ती करणी उद्योग ५ वटा मुद्दा दर्ता भएको छ । सोही अवधिमा ज्यान सम्बन्धि कसूर ९कर्तव्य ज्यान० मा १६ वटा उजुरी परेकोमा १५ वटा माथि फच्यौट गरिएको प्रहरी उपरिक्षक शाहले जानकारी दिनुभयो ।
त्यस्तै पर्सा प्रहरीमा गत आवमा बाल यौन दुरुपयोग ४ र मानव बेचबिखन सम्बन्धि ४ उजुरी परेको कार्यलयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
पर्सामा जबरजस्ती करणीका उजुरीहरुको दर्ता हुने क्रममा बढ्नुको प्रमुख कारण कम उमेरको विवाह रहेको प्रहरी उपरिक्षक शाहले जानकारी दिनुभयो ।नागरिकहरुमा प्रहरीप्रतिको विश्वास, चेतनामा वृद्धि जस्ता कारणहरुले पनि बलात्कारको मुद्दा पर्सा प्रहरीमा बढ्दो रहेको बताउनुभयो ।





Write your Comment