तीन वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारवाही

रातोघर

 २०८० श्रावण २२, सोमबार  मा प्रकाशित
४३५ पाठक संख्या


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा नियामकीय व्यवस्था उलङ्‍घन गर्ने वाणिज्य बैंकलाई कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले तोकेको ९० प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्दा कुमारी बैंक र हिमालयन बैंकलाई नगद जरिवाना सहित कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

कुमारी बैंकले गत आर्थिक वर्षको माघमा सीडी रेसियो नपुर्‍याउँदा राष्ट्र बैंकले ५९ लाख ६३ हजार ६९४ रुपैयाँ नगद जरिवाना गराएको छ ।

यस्तै हिमालयन बैंकले पनि लागत आर्थिक वर्षको कात्तिकमा सीडी रेसियो नपुर्‍याउँदा १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ नगद जरिवाना गराएको छ ।

यता प्राइम कमर्सियल बैंकलाई भने राष्ट्र बैंकले सचेत गराएर छोडेको छ । बैंकले संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं.२ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको राष्ट्र बैंक्ले जनाएको छ ।

यस्तै प्राइम बैंकले ‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को व्यवस्था अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् कारबाही विवरणः

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban