

सिमरा ।
बारा प्रहरीले ठुलो परिमाणमा अवैध लागूऔषध गाँजा सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । जीतपुरसिमरा उपमहानगरपालीकाबाट १ सय ५७ किलो लागू औषध गाँजा सहित ७ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सिमराको टोलीले नगरको २२ नम्बर वडामा पर्ने अमलेखगञ्जको जंगलबाट सो गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख नायव उपरिक्षक प्रदिप बहादुर क्षेत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सूचनाका आधारमा बा. ११ च ४९९२ नम्बरको स्कोरपियो गाडीबाट सो परिणामको लागु औषध गाँजा बरामद गरेको हो ।
पक्राउ पर्नेमा स्कोरपियो चालक ३९ वर्षिय रोशन नेगी, मकवानपुर ९ का ३० वर्षे मुकेश लामा, जीतपुरसिमरा २२ का ३३ वर्षे बुद्ध पाख्रिन लगाएत ४ जना भारतिय नागरिक रहेका छन् ।

सात जना संगै गाँजा बोकी ल्याएको स्कोरपियो गाडी सहित एउटा भारतिय नम्बरको पिक अव भ्यान र भारतिय नम्बरकै मोटरसाइकल समेत प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका ७ जनालाई म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
पछिल्लो समय बारामा प्रहरी सकृयता बढेको छ । विषेशगरी भारितय सवारी साधन र सिमानाका आवतजावतमा प्रहरीले कडा निगरानी गर्न थालेको छ ।





Write your Comment