बिरगंजमा कोरोना कहर : प्रशासन बिरुद्ध सडक उत्रिने स्थानियको चेतावनी

रातोघर

 २०७७ श्रावण २५, आईतबार  मा प्रकाशित
४०५ पाठक संख्या


वीरगञ्ज – वीरगञ्जमा कोभिड संक्रमण नियन्त्रणमा स्थानीय प्रशासनको भूमिका शून्य भएको भन्दै युवाहरुले स्थानीय प्रशासनको बिरोधमा सडकमा उत्रिने चेतावनी दिएका छन् ।

विभिन्न राजनीतिक दल आबद्ध युवा संगठनका नेताहरुको शनिबार भएको भेलाले यस्तो चेतावनी दिएको हो । प्रमुख जिल्ला अधिकारीकै गैरजिम्मेवारीका कारण वीरगंजमा समुदायस्तरमै कोभिड संक्रमण फैलिएको भन्दै कोभिड नियन्त्रणमा स्थानीय प्रशासन निकम्मा देखिएको भेलाले ठहर गरेको छ ।

भेलापछि जारी विज्ञप्तिमा स्थानीय प्रशासनको हेलचेक्रयाइले नै पछिल्लो समयमा निजी अस्पतालले कोभिड बाहेकका बिरामीलाई पनि उपचार बन्चित गराइरहेको ठहर गरेको छ । उपचार नगर्ने अस्पताललाई कारबाही गर्न स्थानीय प्रशासन चुकेको भन्दै भेलाले अब स्थानीय प्रशासनकै बिरोधमा उडकमा उत्रनुको विकल्प नदेखिएको बताएको हो ।

सीमा क्षेत्रबाट आवतजावत कडा बनाउन पर्नेमा स्थानीय प्रशासनकै मिलेमतोमा आवतजावत भइरहेको भन्दै यसलाई तत्काल रोकेर संक्रमण फैलनबाट नरोकिएसम्म आइसीपी संचालनमा पनि रोक्नु पर्ने युवाहरुको माग छ ।

अहिलेसम्म प्रमुख जिल्ला अधिकारीको सक्रिय भूमिका पर्साबासीले देख्न नपाएको भन्दै जिल्लाको बागडोर संहालेर बसेका प्रमुख जिल्ला अधिकारीलाई ८ बुँदे सुझाव पनि दिएको छ ।

भेलामा राष्ट्रिय युवासंघ नेपाल पर्साका संयोजक मोहम्मद निजामुद्धिन, जनता समाजवादी पार्टीका युवा नेता ओमप्रकाश सर्राफ, इश्वर यादव, अनेरास्ववियूका केन्द्रीय सदस्य जुबेर आलम, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव सुजित गिरी, नेविसंघ पर्साका कार्यवाहक अध्यक्ष विकेश पटेल, समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष एजाज बाबु राकी लगायतको सहभागिता रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban