

सिमरा । बाराको मध्यवर्ती सामुदायिक बन अन्तर्गतको जनजागरण सामुदायिक बन समुहबाट गएराती एक लाख बराबरको तस्करीको काठ समातिएको छ ।
अवैध काठ तस्कर गरी घरमा लगेर चिर्दै गरेको अवस्थामा भेटिएपछी बन समुहले घरमै पुगेर गोलाई चिर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
जीतपुरसिमरा ६ नगौलका असलाउदिन अन्सारीको घरबाट चिर्दै गरेको अवस्थामा बन समुहका अध्यक्ष तारा बहादुर कार्की नेतृत्वको टोलीले काठ नियन्त्रणमा लिइएको हो ।
काठ नियन्त्रणमा लिई अन्सारीलाई कारवाहीका लागी पर्सा राष्ट्रिय निकुञ्जमा सिफारिस गरिएको कार्कीले बताए ।
कार्कीका अनुसार अन्सारी काठ तस्कर नभई तस्करीको मतियार हुन् । उनले तस्करी गरेर ल्याएको काठ सस्तो मुल्यमा खरिद गरी घरमै चिरान गरी महँगोमा बिक्री बितरण गर्ने गरेको खुलेका छन् ।
पछिल्लो समय बन्दको मौका छोपेर काठ तस्करहरु सकृय देखिएका छन् । वन समुहका अध्यक्ष तारा बहादुर कार्कीको नेतृत्वमा नियमित गर्ने गरेको गस्ती टोलीले अनुगमन गर्ने गरेको बताएका छन् ।
अध्यक्ष कार्कीका अनुसार करिब १ लाख बजार मुल्य पर्ने काठ जनजागरणको घादगद्यीमा ल्याइएको छ ।





Write your Comment