बारामा अनिश्चित्कालिन निषेधाज्ञा, घरको कम्पाउण्ड बाहिर निस्कन नपाईने

रातोघर

 २०७७ श्रावण ३२, आईतबार  मा प्रकाशित
१५८७ पाठक संख्या


सिमरा । बारामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढेपछी अनिश्चितकालका लागी निषेधाज्ञा जारी गरिएको छ ।

आम नागरिकको जीवनरक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न भन्दै जिल्ला कोभिड समन्वय समितीको वैठकले सोमबार बिहान ५ बजेदेखी लागु हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधीमा औषधी पसललाई २४ सै घण्टा खोल्न अनुमती दिइएको छभने अन्य अत्यावश्यक सामग्रीका पसलहरु खाद्यान्न, ग्यास, इन्धन, दुध डेरी , तरकारी पसलहरुसमेत बिहान ८ बजेभित्रै बन्द गरिसक्न निर्देशन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञा सम्बन्धी सुचनामा निषेधाज्ञा अवधीभर अत्यावश्यक काम बाहेक मानिसहरुलाई घर बाहिर वा घरको कम्पाउण्ड बाहिर ननिस्कन आदेश दिइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban