

सिमरा । ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ भन्ने नाराका साथै सिमरा र पथलैयाका युवाहरुले संयुक्त रुपमा कोरोनाबाट संक्रमित, विपन्न तथा असहाय परिवारहरुको लागि खाद्यान्न संकलन गर्ने कार्य जारी राखेका छन् । अभियानमा जनप्रतिनिधीहरुले पनी सहयोगी भुमिका निर्वाह गरिरहेका छन् ।
पहिलो दिन बुधवार बाराको पथलैयामा अभियान संचालन गरेका युवाहरु बिहिबार सिमराको नरबस्तिमा यस अभियानलाई निरन्तरता दिएका छन् ।
कोरोनाबाट संक्रमित, विपन्न तथा असहाय परिवारहरुको लागि खाद्यान्न संकलन गर्ने उद्धेश्य स्वरुप संचालनमा ल्याइएको यस अभियानमा सहयोग गर्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

विश्वभरी नै माहामारीको रुपमा फैलिएको यस कोरोना भाईरस (कोभिड १९) मा बारामा दोस्रो पटक गरिएको लकडाउनमा कोरोनाबाट संक्रमित, विपन्न तथा असहाय परिवारहरुलाई सहयोग गर्ने उद्धेश्य सहित यो फुड बैँक सिमरा भन्ने अभियान संचालनमा आएको हो ।
यहाँबाट संकलित खाद्यान्नलाई कोरोनाबाट संक्रमित, विपन्न तथा असहाय परिवारहरुलाई वितरण गर्न नामावली समेत तयार गरीरहेको र आवश्यक्ता पहिचान गरी वितरण गरिने अभियानका एक अभियन्ता कृष्ण अधिकारीले जानकारी दिए ।






Write your Comment