इलाका प्रहरी सिमराका दुई थुनुवामा कोरोना संक्रमण

रातोघर

 २०७७ भाद्र १५, सोमबार  मा प्रकाशित
६३५ पाठक संख्या


सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीका सिमरा स्थित इलाका प्रहरी कार्यालय सिमरामा रहेका दुईजना थुनुवामा कोरोना संक्रमण देखिएको छ ।

जीतपुरसिमरा १० र २० नम्बर वडामा बस्ने उनीहरुलाई सिमरा प्रहरीले लागु औषध गाँजा र ज्यान मार्ने उद्योगको मुद्धामा पक्राउ गरेको थियो ।

उनीहरुको सोमबार कोरोना पुष्टी भएको हो । पुष्टी भएलगत्तै एकजनालाई आज नै कलैया स्थित गंगापुर आइसोलेन (पुरानो जिल्ला शिक्षा कार्यालय) मा लगिएको छ ।

त्यसैगरी अर्का एक जनालाई यसअघि नै जिल्ला प्रहरी कार्यालय बाराको क्वारेन्टिनमा राखिएको थियो । गएको ११ गते उनीहरुको स्वाब संकलनका लागी पठाइएकोमा सोमबार उनीहरुको रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban