बारामा कोरोना संक्रमणले थप एक जनाको ज्यान गयो , मर्नेको संख्या १६ पुग्यो

रातोघर

 २०७७ भाद्र १६, मंगलबार  मा प्रकाशित
३०५ पाठक संख्या


 बारा । नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत बारा कोल्हबीका एक जनाको कोरोनाको कारण मृत्यु भएको छ । आज बिहान करिब ५ बजे  उहांको मृत्युु भएको  हो।मृृत्यु हुनेे मा कोल्हबी नगरपालिका वडा नं.६ बस्ने बर्ष ६० का रामाध्यान चौधरी रहेको अस्पतालका प्रबक्ता डा.अतुलेस चौरसियाले जानकारी दिनुभयो ।

उनी भाद्र १० गते नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत रहनुभएको थियो । डाईबिटिज र श्वासप्रश्वासको समस्याले मृत्तक ग्रसित हुनुहुन्थयो । श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उहाँको उपचार भईरहेको थियो ।

यो सँगै बारामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङख्या १६ पुगेको छ । हिजो राती नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा बाराको भएको स्बाब परिक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban