चौरसिया हत्या प्रकरणमा राजनीतिकरण भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तको भनाइ

रातोघर

 २०७७ कार्तिक १३, बिहिबार  मा प्रकाशित
७२६ पाठक संख्या


मुकेश चौरसिया हत्या प्रकरणमा राजनीतिकरण भएको निष्कर्ष पर्सा प्रहरी प्रमुख गंगा पन्तले निकालेकी छन् । हत्यामा संलग्न नभएका मानिसको नाम जोडेर किटानी जाहेरी दर्ता गर्न खोजेपछि राजनीतिकरण भएको प्रमुख पन्तको निष्कर्ष छ । निजी क्षेत्रको टेलिभिजन च्यानलन एभिन्यूजका लागि केदार कोइरालासँग कुरा गर्दै प्रमुख पन्तले घटनाबारे प्रहरी अनुसन्धान जारी रहेको र दोषीलाई कारबाहीको दायरामा ल्याइने बताएकी छन् ।

घटनमा संलग्नको मात्रै नाम राखेर किटानी जाहेरी दर्ता गर्न आग्रह गर्दा पीडित पक्ष नआएको प्रहरी प्रमुख पन्तको भनाइ छ । घटनामा संलग्न नै नभएका मानिसको नाममा किटानी जाहेरी दिइएकाले मात्रै प्रहरीले मुद्दा दर्ता नगरेको प्रहरी उपरीक्षक उनको भनाइ छ । घटनामा सग्लन भएको आशंकामा आठ जना पक्राउ गरेकोमा दुई जनालाई हिरासतमा राखेर अनुसन्धान भैरहेको र अन्यलाई छाडिएको पनि पन्तले बताइन् ।

सत्तारुढ नेकपाका कार्यकर्ताबीच भएको झडपमा एक साताअघि मृत्यु भएका मुकेश चौरसियाको पोष्टमार्टम अझै हुन सकेको छैन । गत बिहीबार बिन्दावासिनी गाउँपालिका अध्यक्षको शपथ ग्रहणमा नेकपाका असन्तुष्ट पक्षले कार्यक्रम बिथोल्न खोज्दा झडप भएको थियो । उक्त झडपमा गम्भीर घाइते भई शुक्रबार उपचारको क्रममा निधन भएका चौरसियाको शव वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा छ ।

Rajdhanidaily.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban