नेपाल सितोरियो कराते खेलाडी द्वारा मन्दिर सरसफाइ

रातोघर

 २०७७ कार्तिक २१, शुक्रबार  मा प्रकाशित
५४३ पाठक संख्या


जितपुर बारा,। नेपाल सितोरियो कराते शाखा डोजो जितपुरले हिन्दुहरुको मन्दिर शुक्रबार सरसफाइ कार्यक्रम गरेको छ। जितपुरमा रहेको ५ वटा आज बिहान ६ बजे मन्दिर सरसफाइ गरेको हो ।

शिव मन्दिर, बगाली बाबा मन्दिर, दुर्गा मन्दिर र बजारमा दुईवटा रहेको मन्दिरलाई सरसफाइ गरेको छ । डोजोले जितपुरमा रहेको ५ वटा मन्दिरलाइ आज सरसफाइ गरेको हो ।

जितपुरमा निर्माणधिन सडकले गर्दा मन्दिरको प्राङ्गणमा धेरै फोहोर भएको र पुजा गर्न आउने भक्तजनहरुको सास्ती खेप्न परेकोले डोजोले सामाजिक उतरदायित्व पुरा गर्न सरसफाइ गरिएको सह प्रशिक्षक मनोज कुमार साहले बताउनुभयो ।

खेलकुदसँगै खेलाडीहरुले सामाजिक कार्यमा सहभागिता जनाएर समाजप्रति आफ्नो जिम्मेवारी बहन गरिरहेकोे प्रति समाजसेवी घनश्याम गिरीले खुशी ब्यक्त गरे ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban