सप्तरीमा पटाका पड्काउँदा आगलागी, ७ घर जलेर नष्ट

रातोघर

 २०७७ कार्तिक २७, बिहिबार  मा प्रकाशित
६४८ पाठक संख्या


राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको मुखिया टोलमा विहिबार दिउँसो भएको आगलागीमा आधा दर्जनभन्दा बढी घर खरानी भएको छ । डाक्नेश्वरी नगरपालिका ३ तरहीस्थित बतही देवी मुखियाको घरबाट दिउँसो १ः३० बजे सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा फैलिएर ७ ओटा घर नष्ट भएका छन् भने लाखौ धनमाल जलेको छ ।

आगोले बतही देवीका साथै छिमेकी मिथलेश कुमार मुखिया, राजकुमार मुखिया, रामकुमार मुखिया, नरेश मुखिया, राजु मुखिया र मुकेश मुखिया गरी ७ परिवारलाई बेघर बनाएको हो । आगलागीमा परेका सवै घर फुस र काठबाट बनेका हुन् ।

आगलागी पीडित बासको पाल लगाएर बसेका छन् । आगो दिउँसो ३ बजे मात्र नियन्त्रणमा आएको स्थानिय महेन्द्र सदाले बताए । स्थानियबासी र प्रहरीको सहयोगमा डेढ घण्टाको प्रयास पछि आगोमाथि नियन्त्रण कायम गरिएको सदाले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban