सर्लाहीमा सात लाख मुल्यका अबैध मोबाइल बरामद

रातोघर

 २०८० जेष्ठ ३१, बुधबार  मा प्रकाशित
४६८ पाठक संख्या


सर्लाही ।

सशस्त्र प्रहरी बलको गस्ती टोलिले सर्लाहीबाट सात लाख मूल्य बराबरको मोबाइल बरामद गरि भन्सार कार्यालयमा बुझाएको छ ।

सिमावर्ती भारतीय बजारबाट अबैध रुपमा ल्याइएको विभिन्न ब्राण्डका स्मार्ट फोन सशस्त्र प्रहरी बल सर्लाहीको बसबरीया गाउँपालिका स्थित मनुस्मारा बेस क्याम्पका प्रहरी निरीक्षक सुबास भट्टराईको नेतृत्वमा रहेको गस्ती टोलीले बसबरीया-५ पोखरीयाबाट बरामद गरेको हो ।

बुधबार बिहान ४:३० बजेको समयमा बरामद मोबाइल आवश्यक कार्वाहीका लागि सर्लाहीको मलंगवा भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।

पछिल्लो समयमा सशस्त्र प्रहरीको गस्ती टोलीले सक्रियता बढाउदा मनुस्मारा क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा रहेको स्थानीय कृष्णदेब साहले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban