

सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित सिमरामा एक दिने डिजिटल सुरक्षा सम्वन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल दुरसंचार प्राधिकरणको सहयोग तथा गेट आइटी टुप प्रालीको आयोजनामा सम्पन्न कार्यक्रममा नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख राजन पौडेलले अब जितपुरसिमरा पनी डिजिटल प्रणालीको बाटोमा लागेको बताए ।
उनले यही वर्षबाट नगर कार्यपालीकाको कार्यालयको बितिय प्रणालीलाई डिजिटल प्रणालीमा लाने बताउँदै सामाजिक संजालको विकृतीबारे धारणा समेत राखे ।
इन्टरनेट र सामाजिक संजाल गाली गर्ने थलो मात्रै नभई युगलाई आधुनिक बाटोमा प्रवेश गराउने साधन भएकाले यसको दुरुपयोग नगर्न सबैलाई आग्रह गरे । यस्तै इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदिप बहादुर क्षेत्रीले साइबर अपराध र यसबाट बच्ने उपायहरु समेत सुझाएका थिए ।
नेपालमा डिजिटल कारोवारको ह्याकिङ्ग सम्वन्धि सचेतनामुलक कार्यक्रममा प्राधिकरणका शम्भु पहाडीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा साइवर अपराधबाट कसरी बच्ने भन्नेबारेको सामग्री समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा, २ नम्बर वडाका अध्यक्ष धन बहादुर श्रेष्ठ, नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष अजुर्न लम्साल, नगर वैङ्क एसोसियनका संयोजक कृष्ण गौतम, नेकपा एमालेका नेता त्रिलोक ठकुरी, संचारकर्मी, युवा समाजसेवी, बिद्यार्थी लगाएतको कार्यक्रमकमा सहभागीता रहेको थियो ।
सिमराको होटल सिमरा इनमा सम्पन्न कार्यक्रमको सभापतीत्व नेपाल दुर संचार प्राधिकरणका उप निर्देशक सुर्य प्रसाद लामिछानेको रहेको थियो ।





Write your Comment