बारामा १६८ किलो गाँजा बरामद

रातोघर

 २०८० अषाढ २१, बिहिबार  मा प्रकाशित
३८० पाठक संख्या


बारा ।

जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । जिल्लाको कोल्हवी नगरपालिका–५ सोनाभर बस्ने जितेन्द्र चौधरीको घरमा गाँजा लुकाइछिपाई राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमान्डमा खटिएको टोलीले १ सय ६८ किलो गाँजा फेला परेको हो ।

स्थानीय जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा घर खानतलासी गर्दा कोठाभित्र लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

गाँजालाई बरामद गरी इलाका प्रहरी कार्यालय कोल्हवीमा राखिएको छ । यस घटनामा घरधनी चौधरीसहित संलग्न व्यक्तिहरूको खोजतलास जारी रहेको पाण्डेको भनाई छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban