मधेशमा संचालित अवैध स्वास्थ्य संस्था, अस्पताल तथा क्लिनिकहरु साउनदेखि पुर्ण रुपमा बन्द हुने : प्रदेश मन्त्री विरेन्द्र प्रसाद

रातोघर

 २०८० अषाढ २४, आईतबार  मा प्रकाशित
३९२ पाठक संख्या


सर्लाही,।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले मधेश प्रदेशमा संचालित अवैध स्वास्थ्य संस्था, अस्पताल तथा क्लिनिकहरु साउनदेखि पुर्ण रुपमा बन्द हुने बताएका छन्।मलंगवा स्थित प्रादेशिक अस्पतालमा शनिबार पाठेघर झर्ने–आङ्ग खस्ने–समस्याबाट पीडित महिलाहरुको लागि निःशुल्क शल्यक्रिया शिविरको उदघाटन गर्दै उनले मधेश प्रदेशका ८ वटै जिल्लामा संचालनमा रहेका निजी स्वास्थ्य संस्थाहरुलाई नविकरण गराउन सूचना प्रकाशन गरेको र साउन मसान्त भित्रमा सूची दर्ता नगराउने सबै निजी स्वास्थ्य संस्थालाई अवैध ठहर गर्दै बन्द गर्ने प्रकृया अगाडी बढाउने जनाए ।

मन्त्री सिंहले कुनै पनि बिरामीले प्रादेशिक अस्पतालबाट प्रवाह हुने भिडियो एक्सरे, एक्सरे तथा अरु स्वास्थ्य सम्बन्धी सेवाहरुको लागि निजी अस्पताल जानु परे आफुलाई तूरुन्तै सम्पर्क गर्न आग्रह गर्दै सरकारले मुहैया गराएको स्वास्थ्य सेवा दिन अनाकानी गर्ने कर्मचारीलाई ठाउँको ठाउँ कारवाही गर्ने विश्वास दिलाए। मन्त्री सिंहले प्रादेशिक असपतालको निरिक्षण गर्दै निकट भविष्यमा यस असपताललाई १ सय बेडमा रूपान्तर गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय सपही, धनुषाको आयोजनामा असाढ २३ गतेदेखि असाढ २७ गते सम्मको लागि महिलाको पाठेघर खस्ने समस्या सम्बन्धी निःशुल्क शल्यक्रिया प्रादेशिक अस्पताल मलंगवामा सुरु भएको हो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा।राजिव कुमार झाको अध्यक्षतामा आयोजना भएको शिविरको उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि निर्देशनालयका सचिव डा।प्रमोद कुमार यादव, मेडिकल सुपरिटेन्डेन्ट डा। नवल किशोर झा, जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह, प्रादेशिक अस्पताल मलंगवाका अध्यक्ष सतिश कुमार साह, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम, डा। सरोज कुमार यादव, अस्पतालका कर्मचारी, डाक्टर र पत्रकारहरु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban