

वीरगञ्ज ।
वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र बारामा परेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् ।स्नात्क तेस्रो वर्षको परीक्षाको केन्द्र बाराको सिमरा कलेज र कलैयाका रामराजा कलेजमा परेपछि विद्र्याीहरुले विरोध जनाएका हुन् । ठाकुरराम क्याम्पसमा प्रवेश पत्र वितरण गर्न समस्या भइरहेको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसकाअनुसार अब परीक्षा केन्द्रबाटै प्रवेश परीक्षा वितरण गर्ने योजना छ ।
पर्सा जिल्लाको कुनै पनि क्याम्पसमा परीक्षा केन्द्र राख्न सकिने बताउँदै विद्यार्थीहरुले धेरै भाडा खर्च गरेर परीक्षा दिन जान सकिने अवस्था नरहेको बताएका छन् । अहिले विद्यार्थीहरुको बाक्लो उपस्थितीसँगै क्याम्पसमा पनि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । क्याम्पसमा वडा प्रहरी कार्यालय विर्ता, जिल्ला प्रहरी कार्यालय पर्सा लगायतबाट गएका प्रहरी परिचालन गरिएको छ ।





Write your Comment