परिक्षा दिएर घर फर्कदै गरेका विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु

रातोघर

 २०८० अषाढ २६, मंगलबार  मा प्रकाशित
५५० पाठक संख्या


सिमराः

 स्नातक तह तेस्रो वर्षको परिक्षा दिएर सिमराबाट घर फर्कदै गरेका पर्साका एक विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा अर्का एक विद्यार्थी घाईते भएका छन् ।

पथलैया–वीरगन्ज व्यापारिक मार्ग अन्तर्गत भलुही चोकमा मोटरसाइकल दुर्घटना हुँदा पर्सा बहुदरमाई ९ का करिब २३ वर्षीय बिजय शर्माको मृत्यु भएको हो । उनि ठाकुरराम बहुमुखी क्याम्पसका छात्र हुन् ।दुर्घटनामा मोटरसाइकल चालक पोखरिया १ का करिब २३ वर्षीय अर्जुन सहनी घाईते भएका छन् । सहनीको बयोधा अस्पतालमा उपचार भईरहेको छ ।

स्नातक तह तेस्रो वर्षको परिक्षा सोमबारदेखि सुरु भएको हो । सिमरा कलेजमा रहेको परिक्षा केन्द्रमा ‘बिजेनश ल’ विषयको परिक्षा दिएर शर्मा घर फर्कदै गरेका थिए ।दुर्घटनामा शर्माको निधन भएपछि वीरगन्जमा विद्यार्थीले प्रदर्शन गरेका छन् । परिक्षा केन्द्र टाढा राखिएको भन्दै विद्यार्थीले विरोध जनाएका हुन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban