बारा प्रहरीद्वारा १०५ किलो अवैध गाँजासहितको ट्रक बरामद

रातोघर

 २०८० अषाढ २७, बुधबार  मा प्रकाशित
३३४ पाठक संख्या


बारा  ।

बारा प्रहरीले १०५ किलो अबैध लागू औंषध गाँजासहित एक ट्रक बरामद गरेको छ । प्रहरी मंगलबार बिहान जितपुरसिमरा उपमहानगर–२२ पूर्वपश्चिम राजमार्ग सडक खण्डमा ना १ क ३२०५ नम्बरको ट्रकमा लुकाईछिपाई ल्याईरहेको गाँजा बरामद गरेको हो ।

उक्त ट्रकमा लागू औंषध गाजा १०५ केजी बरामद गरिएको बाराका प्रहरी उपरीक्षक (एसपी) होमेन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले राजमार्गको नालामा पल्टिएको अवस्थामा उक्त ट्रक भेटाएको थियो ।

चालक तथा सहचालक नभेटेपछि ट्रक चेकजाँच गर्दा सामान लोड गर्ने पछाडिको भागमा फल्स डब्बाभित्र प्लास्टिकको ५ वटा बोरामा लुकाईछिपाई राखेको अवस्थामा गाँजा भेटिएपछि प्रहरीले बरामद गरेको हो । त्यसपश्चात ट्रकलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय सिमरामा ल्याई राखेको र ट्रक चालक लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको दोजी भइरहेको एसपी बोगटीले जानकारी दिए ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban