वीरगञ्ज महानगर भागबन्डाको खेलमैदानमा बनेको वडाध्यक्ष परागको आरोप

रातोघर

 २०८० अषाढ ३१, आईतबार  मा प्रकाशित
२२४ पाठक संख्या


वीरगञ्ज ।
सरसफाइ र स्वच्छता अभियान चलाएर चौतर्फी तारिफ बटुलिरहेका वीरगञ्जका नेतृत्वकर्ता नगरप्रमुख (मेयर) राजेशमान सिंहमाथि एक जना वडाध्यक्षले गम्भीर आरोपहरू लगाएका छन् ।
वीरगञ्ज महानगरपालिकाका वडा नम्बर २० का वडाध्यक्ष राम किशोर सिंह (पराग) ले महानगरपालिका कार्यालय भागबन्डाको खेलमैदानमा परिणत भएको बताउँदै मेयर सिंहमाथि विभिन्न आरोपहरू लगाएका हुन् ।

सामाजिक सञ्जाल मार्फत एउटा पोस्ट साझा गरेर परागले महानगरबाट वडा अपहेलित हुँदा त्यसको सिकार वडाध्यक्ष बन्नुपरेको दुखेसो पोख्दै महानगरपालिका कार्यालय भागबन्डाको खेल मैदान बनेको बताएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban