पर्सा र बारामा २ जनाको शव फेला, हत्या भएको आशंका

रातोघर

 २०८० श्रावण १२, शुक्रबार  मा प्रकाशित
२९३ पाठक संख्या


वीरगञ्ज ।

पर्सा र बारामा दुई जनाको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित माईदिया पोखरीमा डुबेको अवस्थामा एक जनाको शव फेला परेको हो ।

भारत बिहार राज्य रक्सौलको थाना रोड बस्ने ४३ वर्षीय अनिलकुमार खेतानको शव बिहीबार बिहान १० बजे स्थानीयले पोखरीमा तैरिँदै गरेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पश्चात् प्रहरीले उक्त शवलाई निकालेर मुचुल्का उठाएको प्रहरीले जनाएको छ ।शवलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरीको भनाई छ ।

यस्तै बारामा पनि एक जनाको शव फेला परेको छ । फेटा गाउँपालिका वडा नम्बर ४ चिलझपटी घर भई हाल विश्रामपुर गाउँपालिका वडा नम्बर ४ बस्दै आएका अन्दाजी ४० वर्षीय पन्नालाल साहको शव फेला परेको हो ।गए रातिदेखि सम्पर्कविहीन रहेका पन्नालालको शव नजिकैको दशगजा क्षेत्रमा फेला परेको हो ।

उनको शरीर भरि हिल हिलोले लतपतिएको भए पनि उनको शव फेला परेको स्थानमा भने हिलो नभएको प्रहरी चौकी मुसहर्वाका प्रहरी नायब निरीक्षक (सई) वसन्त थापाले जानकारी दिए । थापाका अनुसार पन्नालालको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban