भेन्टिलेसन लगाउने
घरको जुन भित्तामा ओस लाग्छ त्यस्ता ठाउँमा भेन्टिलेटर बनाउनुपर्छ । ताजा हावाले ओसिलो भित्तालाई सुक्न मद्दत पुर्याउँछ । झ्यल ढोका नभएको वा कम भएको कोठामा भेन्टिलेसन लगाउन सकिन्छ । जसले घरभित्र हावा ओहोरदोहोर भएर भित्ता र सिलिङमा ढुसी पर्नबाट बचाउँछ ।
उज्यालो राख्ने
लामो समयसम्म झ्यालढोका थुनिएका कोठामा पनि ढुसी पर्ने सम्भावना हुन्छ । त्यस्ता कोठामा भेन्टिलेसनको उचित व्यवस्था मिलाई राख्ने वा झ्यालढोका बेलाबेलामा खोलेर सफा गरेमा पनि ढुसी पर्दैन ।
घर र जमिनको संयोजन
घर बनाउँदा जमिनको सतहभन्दा घरको सतह माथि हुनुपर्छ । जमिनको सतहभन्दा घरको सतह होचो भएमा घरका भित्ता र भुईमा ओस लाग्छ । यस्तो अवस्थामा जमिनको सतह मिलाएर घरको जगमा पानी नछिर्ने व्यवस्था मिलाउनुपर्छ ।
मर्मत गर्ने
भित्ता, छाना, झ्याल तथा पाइपका छिद्र टालेर घरलाई ओसिलो बन्नबाट रोक्ने, पानी रसाउने ठाउँको मर्मतसम्भार गर्न सकेमा ढुसी नियन्त्रण हुन्छ । ढुसी रोक्ने मुख्य उपाय नै घर, कोठा ओसिलो हुन नदिनु हो । त्यसैले घरमा पानीले भिजेको ठाउँलाई तुरुन्त सफा गरेर सुक्खा बनाइहाल्नुपर्छ ।
वर्षामा कलर नलगाउने
ढुसी पर्न नदिन वर्षायाममा भित्तामा पेन्टिङ र वाटर प्रुफिङको काम गर्नुहुँदैन । किनकि वर्षायाममा पानी पर्ने भएका कारण कलर घाम राम्रोसँग नलाग्ने र कलर लगाउँदा वाल चिसो हुने र सुक्न समय लाग्छ । जसकारण ओसिलो भएर ढुसी पर्ने सम्भावना हुन्छ । त्यसैले यी कार्य वर्षा मौसममा नगरी पछि गर्दा उचित हुन्छ ।
वाटर प्रुफको प्रयोग
ढुसी पर्न नदिन वाटर प्रूफको प्रयोग गर्न सकिन्छ । एउटा प्लास्टर गर्ने बेलामा सिमेन्टमा मिसाएर लगाउन सकिन्छ भने अर्को रंगमा मिसाएर लगाइने वाटर प्रुफ लगाउन सकिन्छ । आजभोलि धेरैले प्लास्टर गर्ने बेलामा नै लगाउने गरिन्छ । तर त्यसमा नलगाएको खण्डमा भित्तामा कलर लगाउँदा पनि लगाउन सकिन्छ । आजभोलि बजारमा यसबाहेक वाटर प्रुफ टायल र वाल फोम (वाल पेपरजस्तै) लगाउन सकिन्छ । यसले भित्तालाई ढुसी पर्नबाट मुक्त गराउनुका साथै आकर्षक पनि बनाउँछ । यो घरको छतमा वा छानामा पनि प्रयोग गर्दा अझ उपयुक्त हुन्छ ।








Write your Comment