जितपुरसिमराको टाँगीयावस्तीमा स्थानीय र प्रहरीबिच भिडन्त, दुई प्रहरी घाईते

रातोघर

 २०८० श्रावण १६, मंगलबार  मा प्रकाशित
५९७ पाठक संख्या


बारा ।

बाराको जितपुर सिमरा–१६ टाङीयाबस्तीमा स्थानीय र प्रहरीबिच भिडन्त भएको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट मंगलबार बिहान ६ बजे हतियार रहेको आंशकामा छापामारी गरी पक्राउ गरेका ३५ बर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन दोहोरो भिडन्त भएको हो ।

करिब तीन सयको सङख्यामा आएका स्थानीयले १५ जनाको सख्यामा रहेका प्रहरीटोली माथि ढुङगा मुढा गरी हतियार सहित पक्राउ परेका लामालाई हतकडी सहित उम्काएका छन् ।

दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी बरिष्ठ नायब निरिक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरिक्षक बालराज गिरी घाईते भएका छन् । शाहीको बाँया हातमा चोट लागेर घाईते बनेका छन भने गिरीको बाँया कुम्भ र बाँया हातमा चोट लागेर घाईते भएका हुन ।

स्थानीय प्रहरी बिरुद्ध खनिएपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको छ । ठुला हतियार रहेको गोप्य सुचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।

छापामारीपछि लोड भएको भरुवा बन्दुक सहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुजुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ ओटा र नग्रा ३ वटा बरामद गरेको बोगटीले जानकारी दिए ।लामा बन्यजन्तुको शिकारीमा संलग्न रहेको जनाउदै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban