

ठोरी ।
ठोरी गाउँपालिका वडा नम्बर २ को राइधारामा अवस्थित सर्वमान्य नेता गणेशमान सिंहको सालिक अनावरण गरिएको छ । शनिबार आयोजित कार्यक्रममा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सालिक अनावरण गरेका हुन् ।
गणेशमान सिंह स्मृति प्रतिष्ठान ठोरीका अध्यक्ष प्रकाश खनालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री रिजालले ठोरीको बिकासका लागि प्रतिबद्धता समेत व्यक्त गरे । ठोरीमा धेरै काम गर्न जरुरी रहेकाले प्राथमिकताका आधारमा बिकास निर्माणका योजनाहरु तय गरी प्रपोजल तयार गरी अघि बढ्न गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठलाई आग्रह गरे ।
स्थानीय सरकार,मधेस सरकार र संघीय सरकार सँगै मिलेर अघि बढ्नुपर्ने धारणा राख्दै मन्त्री रिजालले ठोरीको कृषकहरुलाई कृषि मिटर सम्बन्धि कार्यक्रम स्थानीय सरकार र केन्द्र सरकार मिलेर कृषकहरुलाई सहुलियत दिने काममा आफूले पालिकालाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । नदी नियन्त्रण ठोरीको आवस्यकता भएकाले आफू प्रतिबद्ध रहेको समेत मन्त्री रिजालले उद्घोष गरे ।
मागपत्र बुझ्दै मन्त्री रिजालले मागपत्रमा भएका सबै मागहरु सम्बन्धित निकायलाई दवाब दिंदै कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
मन्त्री रिजालले आजै ठोरी गाउँपालिकामा नवनिर्मित भवनको उद्घाटन तथा ठोरी २ मा प्रजातन्त्र सेनानी परिवारबाट निर्माण भएको पन्चेस्वर मुक्तिधामको प्रवेशद्वार समेत उद्घाटन गरेका थिए भने अधुरो हुलाकी सडक अनुगमन,ठोरी छोटी भन्सारको अवलोकन गरेका थिए ।
सालिक अनावरण कार्यक्रममा मधेस प्रदेसका सांसद तथा नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्ष्रेत्री,सांसद शकर प्रसाद चौधरी ,मधेस प्रदेशका नेपाली काँग्रेसका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठ ,ठोरी गा पा अध्यक्ष लालबहादुर श्रेष्ठ ,उपाध्यक्ष गोकुली कुमारी रेग्मी,नेपाली काँग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ ,वडाध्याहरु,कार्यपालिका सदस्यहरु,नेपाली काँग्रेसका नेताकार्यकर्ता तथा ठोरीबासीको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण गणेशमान स्मृति प्रतिष्ठान ठोरीका सचिव चिरञ्जीवी सापकोटाले गरेका थिए ।





Write your Comment