मधेशमा लागुऔषध सहित एक हजार जना भन्दा बढि पक्राउ

रातोघर

 २०८० श्रावण २१, आईतबार  मा प्रकाशित
२८० पाठक संख्या


वीरगञ्ज ।

मधेस प्रदेशका ८ वटै जिल्लाबाट प्रतिबन्धित लागूऔषध सहित १ हजार ३ सय ४ जना पक्राउ परेका छन्। ।मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरले उपलब्ध गराएको वार्षिक तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७९÷८० को एक वर्षको अवधिमा १ हजार २ सय ७० पुरुष र ३४ जना महिला गरि जम्मा एक हजार ३ सय ४ जना पक्राउ परेका हुन् ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले प्रहरीले एक वर्षको अवधिमा गाँजा ५ क्विन्टल ६८५।९४१ ग्राम, ब्राउन सुगर ४५५ ग्राम ९७८ मिलिग्राम, चरेस १५४ केजी ८१८ ग्राम ४३७ मिलिग्राम, हिरोइन ७१४ ग्राम ८८३ मिलिग्राम बरामद गरेको जानकारी दिनुभयो ।

यस्तै, डाइलेक्स डिसी ५ हजार १९ लिटर, ट्याब्लेट ६७ हजार ६२३ पिस र इन्जेक्सन ६५ हजार ३५६ पिस बरामद गरिएको उहाँको भनाइ छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban