चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

रातोघर

 २०८० श्रावण २२, सोमबार  मा प्रकाशित
८४० पाठक संख्या


चितवन ।

चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङको ज्यान गएको हो ।उहाँलाई खैरहनी नगरपालिका–१२ सहनपुरमा रहेको केरा घारीमा हिजो आइतवार दिउँसो बाघले आक्रमण गरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ । बाघ शनिवारदेखि नै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban