धनुषामा बाढीले बगाएर एक जनाको मृत्यु

रातोघर

 २०८० श्रावण २३, मंगलबार  मा प्रकाशित
२६० पाठक संख्या


जनकपुरधाम ।

धनुषामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।जिल्लाको मिथिला नगरपालिकास्थित बसहीखोलाले बगाउँदा नगरपालिका १ आनन्दपुर बस्ने १७ वर्षीय अजय कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान १० बजे चिप्लिएर खोलामा खसेका उनलाई बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए ।स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उनलाई उद्धार गरेर अस्पतालमा पुर्‍याएपनि उपचारको क्रममा मृत्यु भएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban