जाडो मौसममा छालाको हेरचार कसरी गर्ने?? यो पढ्नुहोस।।।

रातोघर

 २०७६ पौष २५, शुक्रबार  मा प्रकाशित
५३५ पाठक संख्या


मनिता पाण्डे,बारा

जाडो मौसम सुरु भए पनि अब छालासम्बन्धी रोगको कुनै चिन्ता गर्नु पर्दैैन । जाडो मौसमको सुख्खा हावाले छालालाई पनि रुखो बनाउँछ । त्यसैले आफ्नो छालालाई रुखो हुनबाट जोगाउन कोल्ड क्रिम प्रयोग गर्न सकिन्छ । जाडोमा राति नाइटक्रिम र दिउँसो मोइस्चराइजर प्रयोग उपयुक्त हुन्छ । त्यसबाहेक सातामा एकपटक नरिसिङको प्रयोगले छालालाई लाभ पुर्‍याउँछ ।

जाडो मौसममा प्राय: मानिस घाममा बस्न वा सनवाथ लिन रुचाउँछन् तर सनस्क्रिन प्रयोग नगरी घामको सम्पर्कमा आउँदा छालाको रंग कालो वा डार्क हुने डर हुन्छ । नर्मल स्किन भएकाहरूले २० एसपीएफको क्रिम प्रयोग गर्नुपर्छ । त्यसको प्रभाव दुई घन्टासम्म रहन्छ । त्यसपछि फेरि सनस्क्रिन क्रिम लगाउनुपर्छ । ड्राइ स्किन भएकाहरूले ३०–४० एसपीएफ सनस्क्रिन क्रिम प्रयोग गर्नुपर्छ । त्यसको प्रभाव ४ घन्टासम्म रहन्छ । ४ घन्टापछि पुन: त्यसलाई मुहारमा लगाउनुपर्छ । जाडोमा एरोमेटिक तथा भिटामिन पनि प्रयोग गर्न सकिन्छ ।

सावधानी:-
.कोल्ड क्रिम लगाएर कहिल्यै घाममा बस्नु हुँदैन । कारण यसबाट धूलो मुहारमा जम्छ र सनवर्न हुन सक्छ । जसका कारण छाला कालो देखिन्छ । केही घरेलु उपायद्वारा पनि आफ्नो छालालाई सुरक्षित राख्न सकिन्छ ।
राति सुत्नुभन्दा पहिले दूधको तर मुहार तथा हात–खुट्टामा दल्नुपर्छ । बदाम, बटर र चन्दन पाउडर मिसाएर प्याकका रूपमा लगाउनुपर्छ । केही बदाम भिजाएर बोक्रा निकाली त्यसको पेस्ट बनाउनुपर्छ । त्यसपछि यसमा एक चम्चा सुन्तला र गाजरको रस तथा दूध मिसाउनुपर्छ । यसलाई मुहार एवं गर्दनमा प्रयोग गर्न सकिन्छ ।

.जाडोमा छालाको सफाइमा त्यति ध्यान जाँदैन जति गर्मीमा जान्छ । क्लिन्जिङ गरेपछि मोइस्चराइजर प्रयोग उपयुक्त हुन्छ । सकेसम्म हर्बल प्रोडक्ट प्रयोग गर्नुपर्छ । जाडोमा छालाका लागि भिटामिन ई ओयल तथा अरोमेटिक ओयल लाभदायक हुन्छन् । यसबाहेक निम्न घरेलु उपाय पनि अपनाउन सकिन्छ । ग्लिसरिन, हनी र बटर मिसाएर लोसनका रूपमा प्रयोग गर्नुपर्छ । .महमा पर्याप्त मोइस्चराइजर हुन्छ । मह रुखो छालाका लागि वरदान साबित हुन्छ । फेसप्याक बनाउँदा वा मालिस गर्दा एक चम्चा मह मिसाए छालामा चमक आउँछ । एउटा सानो चम्चा दूध पाउडर, एक चम्चा बेसन तथा दुई चम्चा गुलाबजल मिसाएर मुहारमा लगाई सुकेपछि पखाल्नुपर्छ । एउटा सानो चम्चा मह, दुई चम्चा बेसन, एक चम्चा दूधको तर मिसाएर प्रयोग गर्दा छाला कोमल एवं नरम रहन्छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban