

बढहर्वा : विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले मुलुक लडकडाउन गरेको छ । यही चैत्र ११ गतेबाट गरेको लकडाउनका कारण दैनिक ज्याला गरी गुजारा गर्दै आएका असंगठित क्षेत्रका मजदुर, विपन्नहरु मरमा परेका छन् । उनीहरुको जिवन रक्षाका लागि सरकारी निर्णय अनुसार धमाधम खाध्यान्न लगायतका सामाग्री वितरण भैरहेका छन् । स्थानिय सरकारले निश्चीत बजेटको ब्यवस्थापनमा अती विपन्न समुदायको छनौट गरी खाध्यान्न वितरण गरेका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको १७ ले १ सय ७९ विपन्न परिवारको पहिचान गरी आजबाट राहत वितरण सुरु गरेको छ । वडा अध्यक्ष नवराज खड्का अनुसार अती विपन्न, मजदुरी गरी विहान बेलुकीको छाक टार्दै आएका परिवारमा दाल, चामल, तेल, नुन र साबुन वितरण सुरु गरेको बताए । तीनजना सम्मको परिवारमा २० केजी चामल २ केजी दाल,१ लिटर तेल, १÷१ केजी नुन चिनी र २ वटा हात धुने साबुन वितरण गरिएको छ ।
त्यस्तै तीनजना भन्दाबढी सदस्य भएको परिवारमा ३० केजी चामल, ३ केजी दाल, २ लिटर तेल, २÷२ केजी नुन चिनी र ४ वटा हात धुने साबुन वितरण गरिएको खड्काले जानकारी दिए । यसरी ४जना माथी सदस्य परिवार भएका १२७ र ३ जना सदस्य भएका ५२ परिवार गरी १७९ परिवारमा खाध्यान्न राहत वितरण गरिएको उनले बताए । राहत वितरणलाई प्रभावकारी बनाउन जनप्रतिनीधिसहित, जनपथ प्रहरी, शसस्त्र प्रहरी र पत्रकारको रोहवरमा वितरण गरिएको अध्यक्ष ख्काले बताए ।





Write your Comment