जीतपुरसिमरा १ ले शुरु गर्यो राहत वितरण

रातोघर

 २०७६ चैत्र २८, शुक्रबार  मा प्रकाशित
२८२ पाठक संख्या


 

सिमरा : कोरोना संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण प्रभाबित बनेका बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर एक का अति बिपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण सुरु गरिएको छ ।

दैनिक ज्यालादरीमा जिविकोपार्जन गर्दै आएका वडाका कुल तीन सय ५० परिवारलाई वडा कार्यालयले खाद्यान्न वितरण थालेको हो । जसअन्तर्गत आज ६२ परिवारलाई वितरण गरिसकिएको वडा कार्यालयलले जनाएको छ ।

कोरोना नियन्त्रणका लागि लकडाउन लम्बिन सक्ने अवस्थालाई मध्येनजर गर्दै सरकारले त्यस्ता परिवारको पहिचान गरि तत्काल राहत वितरण गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको थियिो । सोही निर्देशन बमोझिम वडाले गठन गरेका बिभिन्न टोलसमितिहरुमार्फत अति बिपन्न परिवारको पहिचान गरि उनिहरुलाई खाद्यान्न बितरण गर्न थालिएको वडा अध्यक्ष हिरा बहादुर गुरुङले बताए ।

एक देखी तीन जनासम्म सदस्य भएको परिवारलाई २० किलो र सो भन्दा माथी सदस्य भएका परिवारका लागि ३० किलो  चामल सहित दुई किलो दाल, एक लिटर तेल, नुन, सोयाबिन मस्यौरा र साबुन बितरण गरिएको वडा सदस्य रामभन्द्र लामाले जानकारी दिए ।

वडाले बिभिन्न बस्तीका बिपन्नहरुका लागि उनिहरुकै पायक पर्ने स्थान छनोट गरि राहत वितरणको प्रबन्ध मिलाउने पनि लामाले बताए ।

र यो पनि हेर्नुहोस,,,

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban