

सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीका २ का युवा ब्यवसायी श्याम अधिकारीले आफ्नो जन्मदिनको अवसरमा बिपन्नलाई राहत बाँडेका छन् ।
लकडाउनले ज्यालामजदुरी गर्ने परिवारलाई सकस भइरहेका बेला उनले आफ्नो जन्मदिन बिपन्नलाई खाद्यान्न बाँडेर मनाएका हुन् ।
उनले स्थानिय २० घरपरिवारलाई प्रतिघर एक हजार बराबरको बिभिन्न खाद्यान्नका सामाग्रीहरु घरमै लगेर बितरण गरेका छन् ।
सिमरामा उनले माझघरे नामक टेन्टहाउस संचालन गर्दै आइरहेका छन् ।





Write your Comment