काँग्रेस नगर सभापती गुप्ताद्धारा गुम्बालाई सहयोग

रातोघर

 २०७७ बैशाख २५, बिहिबार  मा प्रकाशित
४२९ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीकाका नेपाली काँग्रेस नगर सभापती श्याम बाबु गुप्ताले सिमराको एक गुम्बालाई सहागोगको प्रतिवद्धता गरेका छन् ।

आज बुद्ध जयन्तीको अवसर पारेर बिहान दिप प्रज्वलन गर्न पुगेका गुप्ताले यसअघी पनी गुम्बालाई बिभिन्न निर्माण सम्बन्धी साथै आर्थिक सहयोग गर्दै आएका छन् ।

बिभिन्न सामाजका हरेक पक्षमा सहयोग गर्दै आएका गुप्ताले सिमरामा रहेको साङकटाँसी देछेन लिङ विश्व शान्ती बौद्ध गुम्बाका लागी प्रवेशद्धार निर्माण गरिदिने भएको छन् ।

बुद्ध जयन्तीको अवसर पारेर सो द्धारको निर्माण गरिदिने घोषणा गरेको गुम्बाका अध्यक्ष राजकुमार लामाले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban